बाराको कोल्हवी नगरपालिकामा नेपाली काँग्रेस प्रमुख र उपप्रमुखमा निर्वाचित

बारा । बाराको कोल्हवी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनु भएको छ । प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुख लक्ष्मीकुमारी चौधरी निर्वाचित हुनु भएको हो ।
प्रमुखमा विजयी रामप्रसादले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७ सय बढी मतान्तरको फरकमा जित हासिल गर्नुभएको हो । चौधरीले ९ हजार १ सय ५ मत ल्याउँदा एमालेका भण्डारीले ८ हजार ३ सय ७ मतमा चित बुझाउनु पर्यो ।
यस्तै नगरको उपमेयरमा एमालेकी उम्मेदवार सुनैना थरुनीलाई ६ सय बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मी कुमारी चौधरीले जित हात हासिल गर्नुभएको छ । लक्ष्मीले ९ हजार ८८ मत ल्याउँदा एमालेकी सुनैनाले ८ हजार ४ सय ८३ मत मात्र प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्