धनुषाको नगराइन प्रमुखमा नेपाली कांग्रेस, उपप्रमुखमा एमाले निर्वाचित

जनकपुरधाम । धनुषा जिल्लाको नगराइन नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले निर्वाचित भएको छ ।
आज बिहान (शुक्रबार) सम्पन्न भएको मतगणना अनुसार नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विनय कुमार यादव ५ हजार ५ सय ५६ मतसहित निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु पंजियारले ५ हजार ५ सय १४ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुदिप कुमार दंगालले जानकारी दिनु भएको छ ।
यसै गरी उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार राधा देवी यादव ५ हजार ७ सय ३० मत सहित निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रंजु कुमारी साहले ५ हजार ५ सय २३ मत प्राप्त गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्