तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

कर्णाली। कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ ।

कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानमा प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।

प्रदेशसभाको नवौँ अधिवेशन गत वैशाख २१ गते अन्त्य भएको थियो । १०औँ अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button