तपाईँ सुन्दै हुनुहुन्छः

अछामकाे पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस विजयी

अछाम ।अछाम जिल्लाले पहिलो महिला नगर प्रमुख पाएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने विजयी भएकी छन् ।

यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदूरपश्चिम सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत सहित यस पटक नगर प्रमुखमा विजयी भएकी हुन् ।

चलाउनेले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राम बहादुर विकसँग ४ सय ८१ मतान्तरले विजयी हासिल गरिन् । बिकले ३ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो । त्यस्तै एमालेका नन्द बहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गर्नुभयो ।

एकीकृत समाजबादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ र स्वतन्त्र टंक तिमिल्सैना १ सय ५४ मत प्राप्त गर्नुभयो ।

नगर उप प्रमुखमा समेत कांग्रेस नै विजयी भएको छ । काँग्रेसका उम्मेदवार हर्क बहादुर रावलले ४ हजार १ सय ८८ मत ल्याएर विजयी भए । उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।

एमालेका राजु सञ्ज्यालले १ हजार २ र एकीकृत समाजवादीका कृष्णा जैसी न्यौपानेले ८ सय ७८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button