तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा सात पालिकाको नतिजा सार्वजनिक, दुईमा एमाले, एकमा कांग्रेस र तीनमा गठबन्धन विजयी

दोलखा । दोलखा जिल्लाको सात पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले दुई पालिका जितेको छ भने तीन पालिकामा गठबन्धन र एक पालिकामा नेपाली काँग्रेसले जितेको छ । 

प्राप्त विवरण अनुसार मेलुङ गाउँपालिकाको  अध्यक्षमा नेकपा एमालेको हिराकुमार थोकर विजयी हुनु भएको छ  । उहाँले एक हजार एक सय ५९ मतको फराकिलो अन्तरसहित नेकपा एकिकृत समाजवादीका रवीन्द्र कार्कीलाई  पराजित गर्नु भएको हो ।  थोकरको पाँच  हजार एक सय ५४ मत रहेको छ । 

उपाध्यक्षमा पनि नेकपा एमालेकै गायत्री आचार्य विजयी हुनु भएको छ ।  आचार्य पनि एक हजार चार सय ४७ मतको फराकिलो अन्तर सहित विजयी हुनु भएको छ । आचार्यले चार हजार सात सय ४९ मत प्राप्त गर्नु भएको छ । 

कालिञ्चोक गाउँपालिकाको प्रमुख अर्जुन शिवाकोटी र उपप्रमुख कुलबहादुर बुढाथोकी 

त्यसैगरी दोलखाको जिरी नगरपालिकाको  प्रमुखमा  नेकपा एमालेका मित्र जिरेल र उपप्रमुखमा  कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ । प्रमुख मित्र जिरेल दुई हजार नौ सय ४९ मतका साथ विजयी हुनुभएको हो । जिरेलका प्रतिस्पर्धी  नेपाली काँग्रेसका लाक्पा शेर्पाले दुई हजार छ सय ९२ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै उपप्रमुखमा कृष्ण माया बुढाथोकी  तीन हजार चार सय ३४ मत  प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका  तेजबहादुर तामाङ्गले तीन हजार एक सय २० मत प्राप्त गर्नु भएको थियो ।  

त्यसैगरी दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एकिकृत समाजवादीका प्रोण प्रताव केसी  र उपाध्यक्षमा नेपाली काँग्रेसको सृजना सुवेदी विजयी हुनुभएको छ । केसीले पाँच हजार चार सय  ९० मत प्राप्त गर्नु भएको थियो । उहाँको प्रतिद्वन्द्वी एमालेका अभिषेक सुवेदीले तीन हजार चार सय ६६ मत प्राप्त गर्नुभएको थियो । 

उपाध्यक्षमा काँग्रेसका सृजना सुवेदीले पाँच हजार चार सय ४२  मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वी एमालेको अम्बिका पोखरेलले तीन हजार तीन सय ५१  मत प्राप्त गर्नुभएको छ । 

शैलुङ गाउँपालिकाको अध्यक्ष रिमालबाबु श्रेष्ठ र पार्वती कार्की 

त्यसैगरी बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा  नेपाली काँग्रेसका छवि लामाले  पाँच हजार दुई सय ९९ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी एमालेका माधव प्रसाद घिमिरेले तीन हजार एक सय ७२ र  नेकपा माओवादी केन्द्रका लक्ष्मण खड्काले  दुई  हजार आठ  सय ७३  मत प्राप्त गर्नु भएको छ ।  

उपाध्यक्षमा नेपाली काँग्रेसकै कल्पना उप्रेतीले  पाँच हजार दुई सय ७३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एकिकृत समाजवादीका कल्याण दाहालले  दुई हजार सात सय आठ र एमालेको समर्थन रहेको स्वतन्त्र उम्मेदवार छवि लामाले दुई हजार ६७  मत प्राप्त प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी दोलखाको गौरीशङ्कर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विश्वास कार्की विजयी हुनु भएको छ  । उहाँले चार हजार  सात सय ५१  मत प्राप्त भएको छ भने नेकपा एमालेका जङ्ग गुरुङले तीन  हजार सात सय ५७ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसको श्याम सुन्दर तामाङ विजयी हुनु भएको छ ।  तामाङ्गले चार हजार  सात सय ४१ प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वी एमालेका  मुना शिवाकोटीले  तीन हजार दुई सय ८१ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी शैलुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ निर्वाचित  हुनु भएको छ । उहाँले चार हजार नौ सय १८ मत प्राप्त गर्नुहुर्दा नेकपा एमालेका उम्मेदवार धन बहादुर तामाङले चार हजार आठ सय ५८ मत प्राप्त गर्नुभएको छ  । 

पालिका उपाध्यक्षमा भने नेकपा एमालेकी पार्वती कार्की विजयी हुनुभएको छ ।  कार्कीले पाँच हजार एक सय ३५ मत प्राप्त गर्नु भएको छ भने  लामाले चार हजार सात सय ४१ मत प्राप्त गर्नु भएको छ ।   

अहिलेसम्मको नतिजामा नेकपा एमालेले २०७४ सालमा जितेको गौरीशङ्कर, कालिञ्चोक, शैलुङ र तामाकोशी गाउँपालिका गुमाएको छ । मत गणना जारी रहेको जिल्लाको भीमेश्वर नगरपालिकाको प्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार ईश्वर नारायण मानन्धर अगाडि हुनुहुन्छ । 

उपप्रमुखमा भने नेकपा एमालेको उम्मेदवार कमला बस्नेत अगाडि हुनुहुन्छ । दुई वटा वडाको मत गणना बाँकी रहँदा विगु गाउँपालिकामा भने नेकपा एमाले र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सञ्जीव ओली बीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button