तपाईँ सुन्दै हुनुहुन्छः

बजेट मार्फत इन्स्योरेन्स तथा महाविपत्ति बण्ड जारी गर्ने व्यवस्था गर्न सुझाव

काठमाडौँ । बिमा समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत इन्स्योरेन्स तथा महाविपत्ति बण्ड जारी गर्न आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ । 

बिमा कम्पनीहरूको लगानीको दायरा साँघुरो भएकाले इन्स्योरेन्स तथा महाविपत्ति बण्ड जारी गरी सुरक्षित लगानीको विस्तार गर्नुपर्ने आवश्यकता भएको समितिले जनाएको छ ।

बिमामा छरिएर रहेको रकमलाई बण्ड जारी गरेर बिमा कम्पनीहरूले पुँजीमा रूपान्तरण गरी पूर्वाधारमा लगानी गर्न सकिने समितिको भनाई छ ।

समितिले बिमाको दायित्व बापत बीमितलाई भुक्तानी गर्नुपर्ने रकम सुरक्षित हुने र उचित प्रतिफल समेत प्राप्त हुने समितिको दाबी छ ।

यस्तै समितिले मर्जरमा जाने बिमा कम्पनीहरूलाई कर छुटको सुविधा प्रदान गर्न पनि समितिले बजेटमा सुझाव पेश गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button