तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा राजेशमान सिंहको मत सरावगीको भन्दा दोब्बरले बढी

वीरगंज । मधेस प्रदेशको एक मात्र महानगर पर्साको वीरगंज महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट जसपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले एमालेका उम्मेदवार विजय सरावगीलाई फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । 

पाँच दलीय गठबन्धनबाट जसपाका साझा उम्मेदवार राजेशमान सिंह निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा ८ हजार ८ सय ८९ मतको अन्तरले अगाडि रहनु भएको छ । 

गठबन्धनको तर्फबाट जसपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३ सय ९३ मत प्राप्त गर्नुभएको छ भने एमाले र लोसपाका गठबन्धनका उम्मेदवार विजय सरावगीले ९ हजार ५ सय ४ मत प्राप्त गर्नुभएको छ ।  

त्यसैगरी उपप्रमुखमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका इम्तियाज आलमले १३ हजार २ सय ७९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विना जैसवाल २ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने तेस्रो स्थानमा एमाले लोसपा गठबन्धनका उम्मेदवार पुरुषोत्तम लाल झाले २ हजार ६ सय ९४ मत प्राप्त गर्नु भएको छ ।  

३२ वटा वडा रहेको महानगरमा अहिलेसम्म १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ गरी १० वटा वडाको मतगणना भइसकेको छ । जसमध्ये जसपाले ५, कांग्रेस र एमालेले २, २ वटा र लोसपाले एउटा वडामा जित हासिल गरेको छ । 

अहिले गणना भई रहेको वडा नम्बर ७, ८, २५, २६, २७ र २८ नम्बर वडामा ४ वडामा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने २ वटा वडामा जसपाका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button