तपाईँ सुन्दै हुनुहुन्छः

सिरानचोक गाउँपालिकामा काँग्रेस विजयी

गोरखा । जिल्लाको सिरानचोक गाउँपालिकाको मतगणना सकिएको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार हुनुभएका ज्ञानेन्द्र गुरुङ र रिता देवकोटा निर्वाचित हुनु भएको छ । 

गुरुङ ५४०३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४१६८ प्राप्त गर्नुभयो । यसै गरी नेकपा एमालेका उम्मेदवार देवराज श्रेष्ठले १५४५ र जनता समाजवादी पार्टीका उम्मेदवार  चित्र बहादुर गुरुङले ४८६ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्ष रिता देवकोटाले ४८०४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी पूर्ण कुमारी ढकालले ३९०२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेबाट उम्मेदवार रहनुभएकी शशिकला देवकोटाले १८४४ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button