तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको शहिदनगरमा जसपा र धनुषाधाममा नेपाली काँग्रेस विजयी 

जनकपुरधाम । धनुषा जिल्लाको दुई वटा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रको गढ मानिएको धनुषाको शहिदनगर नगरपालिकामा मेयर पदमा जनता समाजवादी पार्टी नेपाल र उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनु भएको छ । 

शहिदनगर नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालका दिनेश प्रसाद यादवले ५ हजार ७ सय ४३ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुधीर कुमार गोइतले ४ हजार १ सय ५ मत प्राप्त गर्नु भएको छ । 

यसै गरी उपप्रमुख पदमा नेपाली काँग्रेसका सुनिता कुमारी सिंहले ४ हजार ९ सय ३१ मत सहित निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धीमा जनता समाजवादी पार्टी नेपालका लक्ष्मीनिया कुमारी मण्डलले ४ हजार ७ सय ९१ मत प्राप्त गर्नु  भएको छ ।  

यसै गरी धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका बालेश्वर मण्डलले ४ हजार ७ सय १८ मत सहित निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धामा एमालेका उम्मेदवार योग कुमार यादवले ४ हजार १ सय ७९ मत प्राप्त गर्नु भएको छ । 

उपप्रमुखमा नेपाली काँग्रेसका विद्यादेवी भुजेलले ४ हजार ७ सय ५८ मत सहित निर्वाचित हुनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार शान्ति देवी सुडिनले ३ हजार ९ सय ३३ मत प्राप्त गर्नु  भएको छ । 

शहिद नगरमा यस अघि माओवादी निर्वाचित भएको थियो भने धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेस नै निर्वाचित भएको थियो । काँग्रेसका बालेश्वर मण्डल दोस्रो पटक निर्वाचित हुनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button