तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ६ पालिकाको नतिजा यस्तो छ

बारा । बारामा अहिले सम्म ६ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

प्राप्त जानकारी अनुसार नेकपा एमाले निजगढ, परवानीपुर प्रसौनीमा प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । 

जस अनुसार निजगढ नगरपालिकाको प्रमुखमा सुरथ पुरी, उपप्रमुखमा सोमामया थिङ, विजयी हुनुभएको छ भने, परवानीपुर गाउँपालिकाको अध्यक्षमा रामक्षेत्री पटेल, उपाध्यक्षमा सुगान्धी देवी कानु विजयी बन्नु भएको छ भने, प्रसौनी गाउँपालिकाको अध्यक्षमा विनोद प्रसाद जयसवाल, उपाध्यक्ष किरण देवी निर्वाचित हुनु भएको छ । 

गठबन्धनबाट नेकपा माओवादीको तर्फबाट जीतपुर सिमरा उपमहानगरपालिकामा प्रमुखमा राजन पौडेल, उपप्रमुखमा एमालेका भोला अधिकारी निर्वाचित  हुनु भएको छ । 

त्यसै गरी सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्षमा पुनम कुमारी निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै करैयामाई गाउँपालिकामा भने जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्षमा शम्भु प्रसाद यादव र उपाध्यक्षमा सुनैना देवी चौधरी निर्वाचित हुनु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button