स्थानीय तह निर्वाचन : ५ सय ५० वटाभन्दा बढी तहको मतगणना सम्पन्न

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म देशका ७५३ स्थानीय तहमध्ये ५५० वटाभन्दा बढी तहको मतगणना कार्य सकिसकेको छ ।
हालसम्म प्राप्त अन्तिम मतपरिणाममध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली काँग्रेसले जितेको छ ।काँग्रेसले हालसम्म २५३ भन्दा बढी स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ ।
स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो सङ्ख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १५२ स्थानमा विजय भइसकेका छन् ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले हालसम्म १०२ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १३ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भइसक्नुभएको छ ।
अन्य दल र स्वतन्त्र उम्मेदवारले १८ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जित्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्