तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको बिहादीमा गुरुङ विजयी

पर्वत।पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रवीण गुरुङ विजयी हुनुभएको छ ।

गुरुङले ३ हजार ४ सय ६९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद कुँवरले २ हजार ९ सय ३७ मत ल्याउनुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार मिना शर्मा तिवारीले ३ हजार २ सय २७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका सन्तवहादुर गुरुङले ३ हजार ५० मत ल्याउनुभयो । यसरी पर्वतमा सबै पालिकाको नतिजा आएको छ ।

कुल सात पालिकामध्ये प्रमुखमा नेपाली काँग्रेसले पाँच र नेकपा एमालेले दुईमा जित हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button