तपाईँ सुन्दै हुनुहुन्छः

गौमुखी र झिम्रुक गाउँपालिकाको मतगणना सम्पन्न

प्युठान । प्युठानको गौमुखी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका विष्णुकुमार गिरी निर्वाचित हुनुभएको छ ।

गिरीले तीन हजार ६४९ मतसहित विजयी हुनुभएको हो । निकट प्रतिद्वन्द्वी एमालेका जुमानसिंङ जिसीले दुई हजार ८०० मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेस प्युठानका सभापति समेत रहनुभएका गिरी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्रका महावीर राना निर्वाचित हुनुभएको छ । रानाले चार हजार ३४६ मत प्राप्त गर्दा नेकपा एमालेकी ज्ञानु केसीले ३ हजार ३० मत प्राप्त गर्नुभयो ।

यसैगरी झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर एमसी निर्वाचित हुनुभएको छ । एमसीले पाँच हजार ९२९ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले पाँच हजार ६९६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेपाली काँग्रेसका प्रमोद पोख्रेल निर्वाचित हुनुभएको छ । पोख्रेलले छ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेकी विष्णु घर्ती मगरले चार हजार ५६२ मत प्राप्त गर्नुभयो ।

प्युठानका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको छ ।  नौ स्थानीय तहमध्ये सात वटा स्थानीय तहको मतगणना कार्य यस अघि नै सम्पन्न भइसकेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button