धरानमा जारी मतगणना स्थगित
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा स्थगित भएको छ ।
धरान उपमहानगरपालिका वडा नं.२० मा मतगणनाको क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विरोध र नाराबाजीको कारण मतगणनामा स्थगित भएको हो ।

हस्ताक्षर नभएको मतपत्र नेकपा माओवादीको ११ वटा, नेपाली काँग्रेसको ४ वटा र नेकपा एमालेको ३ वटा गरी १८ मतपत्रमा हस्ताक्षर नभएको पाइएकोले दलका कार्यकर्ताले विरोध र नाराबाजी गरेपछि मत गणना स्थगित भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिनुभयो ।

विरोध र नाराबाजीको कारण मतगणना अगाडी बढाउन नसकेकोले अहिले धरानको सबै वडाको मतगणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्