हालसम्म ४ सय ६९ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ४ सय ६९ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ११, नेकपा एमालेले १ सय ३२, नेकपा माओवादी केन्द्रले ९३, नेकपा एकीकृत समाजवादीले १३ र अन्यले २२ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ५, नेकपा एमालेले १ सय ३७, नेकपा माओवादी केन्द्रले १००, नेकपा एकीकृत समाजवादीले १४ र अन्यले १६ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५७, नेकपा एमाले १ हजार ५ सय ९४, नेकपा माओवादी केन्द्र ८ सय ६४, जनता समाजवादी पार्टी १ सय ६५ र अन्य ४ सय ३३ गरी ५ हजार १ सय १३ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्