दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका लिम्बू विजयी

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बू विजयी हुनु भएको छ ।
उहाँले नेपाली काँग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्नुभएको हो । लिम्बुले ७ हजार १०४ मत पाउनु भएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत प्राप्त गर्नुभयो।
यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार गङ्गादेवी जोशी विजयी हुनु भएको छ । उहाँले ६ हजार ३६५ मत प्राप्त गर्नु भएको छ । एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उहाँ विजयी भएकी हुनु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्