तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको बागचौरको मेयर पदका लागि माओवादी र काँग्रेसका कडा प्रतिस्पर्धा 

सल्यान । सल्यानको बागचौर नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच कडा प्रतिस्पर्धा देखिएको छ । 

१२ वटा वडा रहेको नगरमा अहिलेसम्म ९ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । 
९ वटा वडाको मत परिणामलाई हेर्दा माओवादी केन्द्रका कृति बहादुर पुनले १४० मतले मात्र अग्रता लिनुभएको छ । माओवादीको पकड क्षेत्रका रुपमा रहेको यस नगरपालिकालाई लिने गरिन्छ । तर यस पटक गुमाउने सम्भावना पनि उत्तिकै रहेको छ । माओवादी केन्द्रका पुन ४ हजार ४ सय ३ मत ल्याउँदा नेपाली काँग्रेसका जनक गौतमले ४२६३ मत ल्याउनुभएको छ । 

अब मतगणना गर्न तीन वडा मात्र बाँकी रहेको छ । बाँकी तीन वडामा नेपाली काँग्रेसको पकेट क्षेत्र रहेको छ । वडा न १मा २०७४ को चुनावमा नेपाली कांग्रेस विजयी भएको थियो । यस्तै वडा न २ मा गत निर्वाचनमा एमाले विजयी भएको भएता पनि काँग्रेसले सुधार गरेको छ । 

यस्तै, मतगणना हुन बाँक रहेको वडा न ८ पनि काँग्रेसका राम्रो वडा हो । गत निर्वाचनमा उक्त वडा माओवादीले जितेको थियो ।

२०७४ को निर्वाचनमा माओवादीले ८ वटा वडा जितेको थियो भने कांग्रेस र एमालेले समान दुई दुई वडा जितेका थिए । 

तर अहिलेको चुनावमा भने तीन वटा वडाको गणना हुन बाँकी रहँदा दुई वडा मात्र जित्न सफल भएको छ । 

नेपाली काँंग्रसले भने चार वडा जितिसकेको छ । एमाले दुई वडा सुनिश्चित गर्दा एकीकृत समाजवादीले एक वडामा जित हात पार्न सफल भएको छ । 

माओवादी भित्रको अन्तर्विरोधका कारण माओवादी ८ बाट दुईमा खुम्चिनुपरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button