खतेड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजय

मुगु । मुगु जिल्ला पश्चिम खतेड गाउँपालिकाको अध्यक्ष, र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली काँग्रेसका उम्मेदवारले विजय भएको छन् ।
गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५ सय २१ मत ल्याई निर्वाचित भएका छन् । शाही ९ सय मतान्तरले विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६ सय २१ मत प्राप्त गर्नु भएको थियो ।
यसै गरी गाउँपालिकाको उपाध्यक्षमा पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार सरिता रोकायाले ४ हजार ५ सय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी हुन् । भएको छ । रोकायाले उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गर्नु भएको छ ।
जम्मा ११ वटा वडा रहेको खतेड गाउँपालिकामा माओवादीले २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा जितेका थियो , अहिले भने ३ वटा वडामा मात्र जित हात पारेको छ । यस निर्वाचनमा काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्