तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्ष पदमा सुनिता कुमारी उराँव भारी मतले विजयी हुनुभएको हो । 

नेपाली काँग्रेसका उम्मेदवार अजमलले ४ हजार ९ सय ९३ मत र उपाध्यक्ष सुनिता कुमारी उराँवले ४ हजार २ सय ४६  मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

नेपाली काँग्रेसका उम्मेदवार अजमलका प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा एमालेका सविता देवि मेहताले २ हजार ८ सय ७९ मत प्राप्त गर्नुभयो । 

नेपाली काँग्रेसका उम्मेदवार अजमल अख्तर आजाद गत स्थानीय तहको निर्वाचनमा महेन्द्र प्रसाद यादवसँग पराजित हुनुभएको थियो ।

नेपाली काँग्रेसले गुमाएको विरासत ५ वर्षपछि बल्ल फर्काउन सफल भएको  छ  । 

त्यस्तै, भोक राहा नरसिंह गाउँपालिका वडा नम्बर–१ मा राप्रपाका लक्ष्मण मेहता, वडा नम्बर–२ मा नेपाली काँग्रेसका आलम अन्सारी, वडा नम्बर–३ मा नेकपा एकीकृत समाजवादीका धिरेन्द्र कुमार यादव, वडा नम्बर–४ मा नेपाली काँग्रेसका हारुन अन्सारी, वडा नम्बर–५ मा राप्रपाका हविव मंसुरी, वडा नम्बर–६ मा नेपाली काँग्रेसका सराजुद्धिन अन्सारी, वडा नम्बर–७ मा राप्रपाका बौवालाल यादव र वडा नम्बर– ८ मा नेपाली काँग्रेसका हाजी उसमान मियाँको प्यानलसहित विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button