वीरगन्ज महानगरमा सिंहको अग्रता कायमै
वीरगन्ज ।मधेस प्रदेशको एक मात्र महानगर पर्साको वीरगन्ज महानगरपालिकामा पाँच दलिय गठबन्धनको तर्फबाट जसपाका मेयर पदका उम्मेदवार राजमान सिंहले एमालेका उम्मेदवार विजय सरावगीलाई फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।
आज बिहान १० बजे सम्म गणना भएको २१ हजार ८ सय ८७ मतको घोषित परिणाम अनुसार राजेशमान सिंहले १० हजार ९ सय ९४ मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सरावगीले ५ हजार १ सय ११ मत प्राप्त गर्नुभएको छ ।
वीरगन्जमा तेस्रो स्थानमा राप्रपाका गिरीश गिरी रहनु भएको छ । गिरीले ४ सय २२ मत प्राप्त गर्नुभएको छ । वीरगन्ज महानगरपालिकाको हाल सम्म ६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये जसपाले ३ काँग्रेसले २ र एमालेले १ वडामा अध्यक्ष पदमा विजयी भएका छन् ।
अहिले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३,५,६,२७,२८,२९ को गणना जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्