सुनसरीको धरानमा २६ हजार ८६३ मतगणना सम्पन्न
सुनसरी । सुनसरीको धरानमा बुधवार सार्वजनिक मत परिणाम अनुसार २६ हजार ८६३ मतगणना सम्पन्न भएको छ ।
जारी मतगणनामा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । राईले ७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ७४६१ मत प्राप्त गरेका छन् ।
एमालेबाट मेयर उम्मेद्वार मञ्जु भण्डारीले ६४२५ मत प्राप्त प्राप्त गरेका छन् । यसै गरी, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ८६७० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ८३२४ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्