इनरुवा नगरपालिकको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता
सुनसरी । सुनसरीको इनरुवा नगरपालिकको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
इनरुवा नगरपालिका वडा नम्बर १, २, ३, ४, ७, ८, ९ र १० को मतगणनामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार केदार भण्डारीले ७ हजार २ सय ८८ मत ल्याउँदै अग्रता कायमै राखेको छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सरोज पोखरेलले ५ हजार ९ सय ३० मतका साथ पछ्याइरहेका छन् ।
अहिले सम्मको सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका भण्डारीले एमालेका पोखरेललाई १ हजार ३ सय ५८ मतको अन्तरले पछि पारेका छन् ।नगर उपप्रमुखमा पनि कांग्रेसले नै अग्रता कायम राखेको छ । कांग्रेसकी उपप्रमुख बिनिता कुमारी मेहताले ७ हजार ४ सय ४८ मत ल्याउँदै अग्रता कायम राखेकी छिन् । त्यसैगरी नेकपा एमालेका उपप्रमुख सहजादी प्रविणले ६ हजार ७० मत प्राप्त गरेकी छिन् ।







प्रतिक्रिया राख्नुहोस्