तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगाको सुनकोशीमा कांग्रेसका कमल र सुनिता विजयी

ओखलढुङ्गा।ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका कमल तामाङ विजयी हुनुभएको छ । उहाँ एमालेका इन्द्रबहादुर खड्का (सुनिल) लाई हराउँदै विजयी हुनुभएको हो । तामाङले ५ हजार ३ सय ९९ मत ल्याएर विजयी हुनुभयो उहाँका निकटतम् प्रतिद्वन्द्वी खड्काले ४ हजार १ सय ७४ मत ल्याउनुभयो ।

यस्तै उपप्रमुखमा पनि काँग्रेसकै सुनिता अधिकारी विजयी हुनुभयो । उहाँले ५ जार २ सय १५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्की पौडेलले ४ हजार १ सय ८८ मत ल्याउनुभयो ।सुनकोशीका वडाहरूमा भने कांग्रेस एमालेले बराबर जित निकालेका छन् । १० मध्ये ५ वटा वडा कांग्रेस र ५ वटा एमालेले जितेको छ ।

अझ रोचक त, एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार इन्द्रबहादुर खड्काको वडामा काँग्रेसका खिलाबहादुर तामाङ र काँग्रेसको गाउँपालिका अध्यक्षका उम्मेदवार कमल तामाङको वडामा एमालेका गोविन्दराम तामाङ विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button