तपाईँ सुन्दै हुनुहुन्छः

कचनकवल गाउँपालिका अध्यक्षमा कालेन्द्र, उपाध्यक्षमा नवराज विजयी

भद्रपुर, झापा।दक्षिणी झापाको कचनकवल गाउँपालिकाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

परिणाम अनुसार अध्यक्ष पदमा एमाले–कांग्रेस गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेद्वार कालेन्द्रसिंह राजवंशी ११ हजार ४७७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले राप्रपाका अञ्जार आलमलाई ४ हजार ९१० मतअन्तरले पराजित गर्नुभयो । आलमले ६ हजार ६६७ मत प्राप्त गर्नुभयो । २०७४ सालको चुनावमा आलम विजयी हुनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार नवराज भट्टराई ८ हजार १४३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँले राप्रपाकी निमसरी राजवंशीलाई २ हजार १४२ मतले पराजित गर्नुभयो । राजवंशीले ६ हजार ८०१ मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनमा राजवंशी विजय हुनुभएको थियो ।

गाउँपालिकाको सात वडामध्ये ६ वटा वडामा प्यानलसहित गाउँपालिकाको अध्यक्ष काँग्रेसले जितेको छ । प्रमुख पदमा काँग्रेससँग गठबन्धन गरेको नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button