तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सभापतिलाई हराउँदै सल्यानको छत्रेश्वरीमा एमाले विजयी

सल्यान।सल्यानको छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको छ ।अध्यक्षमा एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले ३८९२ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशबहादुर विष्टले २६२३ मत ल्याए भने माओवादीका प्रेम खड्काले २५०९ मत ल्याएका छन् ।

काँग्रेसका जिल्ला सभापति समेत रहेका केशबहादुर विष्ट चुनाव लडेपछि छत्रेश्वरीलाई चासोपूर्ण पालिकाको रुपमा हेरिएको थियो। विष्ट निवर्तमान जिल्ला समन्वय समिति सल्यानको प्रमुख समेत हुन ।

जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर गाउँपालिका लडेका विष्ट गाउँपालिका अध्यक्षमा पराजित भए भने उनकै वडामा पनि काँग्रेसले जित्न सकेन ।त्यसै गरी, उपाध्यक्षमा पनि एमालेकी बुद्धा केसी ३३८२ मत ल्याएर विजय भएकी छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता गिरीले ३०४६ र एकीकृत समाजवादीका राज बहादुर बुढाथोकीले १९८८ मत ल्याएका छन् । राप्रपाकी सिला बुढाथोकीले ४४० र स्वतन्त्र उम्मेदवार हिरा बुढाले १०३ मत ल्याएकी छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button