मध्यपुर थिमिमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनको जित

भक्तपुर।भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।नगरप्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवार सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले पराजित गरेका छन् ।
सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।नगर उपप्रमुखमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरेका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८ हजार ९६३ मत पाएकी छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा मदनसुन्दर श्रेष्ठले १४ हजार मत प्राप्त गरेका थिए भने, उनका प्रतिद्वन्द्वी अष्टकुमार कवेले १० हजार १६५ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा मदनसुन्दरले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउन सकेनन् ।
नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाइँ हुन् । मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।
५ बर्ष अघि काँग्रेसको गढ भनेर चिनिए पनि एमालेले जितेको मध्यपुर थिमिको मेयर पद जितेर काँग्रेसले पुरानो साख फर्काएको छ ।०७४ को निर्वाचनमा यो नगरपालिकामा काँग्रेसकी अञ्जनादेवी माधिकर्मी १० हजार ६ सय ७८ मतसहित विजयी भएकी थिइन् ।








प्रतिक्रिया राख्नुहोस्