तपाईँ सुन्दै हुनुहुन्छः

मेयरका उम्मेदवार शाहीकाे वडामा एमाले विजयी

अछाम।अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ मा नेकपा एमाले विजयी भएको छ ।नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नम बहादुर शाहीकाे वडामा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार राजबहादुर शाही विजयी हुनुभयो ।

शाहीले ३५६ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लाल बहादुर विष्टले ३२६ मत प्राप्त गर्नुभयो । एमाले वडा अध्यक्ष २८ मतले विजयी हुँदा नगरप्रमुखमा भने नेपाली काँग्रेसका शाहीले ३८७ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका नगरप्रमुख पदम बहादुर बाेहराले ३०१ मत प्राप्त गर्नुभयो ।नगर उपप्रमुखमा नेकपा एमालेका संगीता रावल साेडारीले ३९९ मत प्राप्त गर्नुभयो । एकीकृत समाजवादीका बम बहादुर रावलले ३११ मत प्राप्त गर्नुभयो ।

वडा सदस्यमा नेकपा एमालेका मन्सरा थ्यायतले ३६१, गाेमा विकले ३४७, उदयराम जैसीले ३७६ र गाेकर्ण प्रसाद ढुङ्गानाले ३४७ मत प्राप्त गर्नुभयो ।नेपाली काँग्रेसका देबु जैसीले ३२३, सीता दमाईले ३३२, कल्पना जैसीले २९८ र जन्मराज जैसीले ३१८ मत प्राप्त गर्नुभयो ।

वडा नम्बर ७ मा २०७४ सालकाे निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो । कांग्रेस मेयर पदका उम्मेदवार शाही २०४९ को निर्वाचनमा तत्कालीन जनालीवण्डाली गाविस (हाल मंगलसेन ६/७) अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने २०५४ को निर्वाचनमा नेकपा एमालेका प्रभुनाथ भण्डारीसँग पराजित हुनुभएको थियो ।

मंगलसेन नगरपालिकाका नतिजा सार्वजनिक भएका १२ वडा मध्ये नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । २ बडाको मत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button