तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवा गाउँपालिका अध्यक्षमा काँग्रेसका चौधरी निर्वाचित, उपाध्यक्षमा बानो

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ । अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित हुनुभएको छ । दुवै जना पालिकामा दोहोरिनुभएको हो । चौधरी ६२७२ मतका साथ निर्वाचित हुँदा बानोले ५८८४ मत पाएकी पाउनुभएको छ ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका भण्डारीलाल यादवले ५१२५ मत र बानोका निकटतम प्रतिद्वन्द्वी जसपाकै तरुन्नुम बानोले ४७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत फटिकराज मुडभरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button