टेम्के मैयुङ गाउँपालिकामा काँग्रेसका बस्नेत र एमालेकी राई बिजयी
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल काँग्रेसका उम्मेदवार सरोज बस्नेत विजयी भएका छन् । उनले ३९८० मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुव राईले ३२८८ मत ल्याए ।
उपाध्यक्षमा एमालेकी रमा राई विजयी भएकी छिन् । उनी जिल्ला समन्वय समिति भोजपुरकी सदस्य पनि हुन । उपाध्यक्षमा विजयी राईले ३३८८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार इन्द्रावती राईले ३२९८ मत पाइन ।








प्रतिक्रिया राख्नुहोस्