डडेलधुराको भागेश्वर गाउँपालिकामा काँग्रेस विजयी

डडेलधुरा । डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका हेमराज चटौतले २३११ मतसहित पालिका अध्यक्षमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित हुनुभएको छ । उहाँले २३४८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र गर्नुभयो ।
भागेश्वरका पाँच वडामध्ये चार वडामा काँग्रेसका उम्मेदवार र एक वडामा स्वतन्त्र उम्मेदवारले जित्नुभएको छ । भागेश्वर गाउँपालिका वडा नं.१ मा एमालेबाट टिकट नपाएर विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका मणिकराज भट्टले वडा अध्यक्षमा निर्वाचित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्