तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रबिसेमा काँग्रेसका बस्नेत विजयी

सिन्धुपाल्चोक। बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुखमा काँग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गर्नुभएको थियो ।

बलेफिमा माओवादी विजयी

बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका सुवास तिमल्सिनाले चार हजार १०५ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी हुनुभयो ।

हेलम्बुमा कांग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अघि छ ।

भोटेकोसीमा कांग्रेस विजयी

भोटेकोसी गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी हुनुभएको छ ।

उहाँहरूका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button