तपाईँ सुन्दै हुनुहुन्छः

खिजीदेम्बाको अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् ।

खिजीदेम्बामा जनता समाजवादीका उम्मेदवार शेर्पाले काँग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।

शेर्पाले २८८२, काँग्रेसका बस्नेतले २७५२ तथा एमालेका रामबहादुर खत्रीले १७१५ मत ल्याए ।

उपाध्यक्षमा काङ्ग्रेसकी सुशीला तामाङ विजयी भएकी छिन् । उनले २८२४ मत ल्याएर विजयी हुँदा जसपाको उम्मेदवारलाई २२४१ र एमालेको उम्मेदवारका पक्षमा १७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button