हिलिहाङ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका अधिकारी निर्वाचित
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार समरबहादुर अधिकारी निर्वाचित हुनुभएको छ ।
एमालेका भवानीप्रसाद लिङदेनलाई १ सय ७ मत अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिकारीले ४ हजार ५ सय ६५ मत प्राप्त गर्दा लिङदेनलाई ४ हजार ३ सय ५८ मत प्राप्त भएको छ ।
उपाध्यक्षमा भने नेकपा एमालेकी सुमित्रा सेढाई विजयी हुनुभएको छ । उनले प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका भवानीप्रसाद लिङदेनलाई १८ मतले हराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्