तपाईँ सुन्दै हुनुहुन्छः

सिद्ध कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित

सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा काँग्रेसका भरत गिरी निर्वाचित भएका छन् । गिरी २१७३ मत ल्याएर निर्वाचित हुँदा एकीकृत समाजवादीका चित्र बहादुर चलाउनेले १७९८ मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत ल्याएकी छन् ।

५ वडा रहेको गाउँपालिकाका वडा नं. १ र २ मा माओवादी केन्द्र तथा वडा नं. ३, ४ र ५ मा नेपाली कांग्रेस विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button