बङ्गलाचुली गठबन्धनका उम्मेदवार विजयी

दाङ । दाङको बङ्गलाचुलीमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । यहाँ नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी उम्मेदवार उठाएका थिए ।
गठबन्धनकातर्फबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका तुल्सीराम पुन मगरेले ५७४९ मत ल्याएर बिजयी हुनुभएको छ भने नेकपा एमालेका भेषराज खत्रीले ३६७८ मत ल्याएर पराजित हुनुभएको छ ।
यस्तै उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेपाली काङ्रेसका भक्तबहादुर जिसिले ५९४५ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धि एमालेकी सरस्वती घर्तीले ३२६५ मत ल्याएर पराजित हुनुभएको छ । यस्तै वडा अध्यक्ष पदमा ४ वटा नेपाली काङ्रेसले र ४ वटा माओवादी केन्द्र विजयी भएको छ ।
बङ्गलाचुलीमा १५९५३ मतदाता रहेकोमा १०७३३ मत खसेको थियो । खसेको मतको १०४ मत बदर भएको निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्