भीमदत्तमा गणना स्थगित
महेन्द्रनगर। कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकामा भने आइतबारदेखि मतगणना रोकिएको छ । मत गणनामा धाधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरू विरोधमा छन् । उनीहरूले भीमदत्त –२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन् ।
भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुआतदेखि अग्रता लिएका छन् ।
त्यसैगरी यहाँको बेदकोट, दोधारा चाँदनी, कृष्णपुर नगरपालिकालगायतका पालिकाका कांग्रेसको अग्रता छ भने बेलौरीमा माओवादी र शुक्लाफाँटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । नौ पालिका रहेको जिल्लामा भीमदत्तबाहेकका पालिकामा मतगणना जारी छ ।








प्रतिक्रिया राख्नुहोस्