गोरखाको आरुघाट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार गुरुङ र नेपाली विजयी

गोरखा। आरुघाट गाउँपालिको अध्यक्षमामा नेपाली काँग्रेसका राजु गुरुङ विजयी हुनु भएको छ ।
गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै उम्मेदवार कल्पना नेपाली विजयी हुनुभएको छ ।
गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३सय ३१ मतका साथ विजयी हुनु भएको हो ।
अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा विजयी नेपालीको निकटतम प्रतिस्पर्धी एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गर्नु भएको छ ।
गुरुङ यस अघि गोरखा जिल्ला समन्वय समितिको सदस्य भएर काम गरिसक्नु भएको छ । उपाध्यक्षमा निर्वाचित नेपाली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
आरुघाटको १० वटा वडा मध्ये १,२,३, ७ र ८ काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर ४,५,६ र १० मा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुनुभएको छ । माओवादी केन्द्रका उम्मेदवार वडा नम्बर ९ मा विजयी हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्