तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीको पाणिनीमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट टेकराज न्यौपानेले ७हजार ७ सय ४९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेंसका अच्युत गौतमले ७ हजार २८ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।   काङ्ग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत लिएर  पराजित हुनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button