तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तामाङ निर्वाचित

रसुवा । रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुचुङ तामाङ निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा पनि कांग्रेसकै चण्डिका तामाङ निर्वाचित हुनुभएको छ ।

बुचुङ तामाङले १ हजार ४ सय ३० मत प्राप्त गरेर विजयीहुनुभएको हो । उनका निकटम प्रतिद्वन्द्वी एमालेका फुर्पुसिंगि तामाङले १ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको अध्यक्षमा बुचुङ दोस्रो पटक निर्वाचित हुनुभएको हो उहाँ यस २०७४ सालको स्थानिय तह निर्वाचनमा नयाँ शक्ति नेपालबाट निर्वाचित हुनुभएको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा विजयी हुनुभएकी चण्डिका तामाङले १ हजार ३ सय ८१ मत प्राप्त गर्नुभयो । उहाँको निकटम प्रतिद्वन्दी नेकपा (एमाले)की नविना तामाङले १ हजार २ सय २३ मत प्राप्त गर्नुभयो ।

आमाछोदिङमो गाउँपालिकामा ५ वटा वडा रहेको छ । जसमध्ये ३ वडा एमाले र २ वडा कांग्रेसले जितेको छ । वडा नम्बर १, ३, र ४ मा एमालेले जितेको हो भने वडा नम्बर २ र ५ मा कांग्रेसले जितेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button