स्थगित सात मतदान केन्द्रमा मतदान सम्पन्न
काठमाडौँ । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सात वटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ ।
गत वैशाख ३० गते स्थगन भएका स्थलका ती मतदान केन्द्रमा मतदान भएको हो ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) मा सङ्कलित विवरणअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गर्ज्याङकोट मतदान स्थलको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२ को जनता मावि, हरिहरा मतदान स्थलका दुई मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्यूनाको एक मतदान केन्द्र, कालिकोटकै पचालभरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जय पृथ्वी नगरपालिका सुनी वडा नं ७ को सुनीपीपल चौर माविको दुई मतदान केन्द्रमा मतदान भएको हो ।
राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये विभिन्न मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्