तपाईँ सुन्दै हुनुहुन्छः

गल्याङमा काग्रेसका गुरु भट्टराईको अग्रता कायमै

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । अहिलेसम्म काँग्रेसका प्रमुखका उम्मेदवार गुरु भट्टराईको अग्रता कायमै छ । भट्टराईले ४६४३मत पाउनु भएको छ ।

उहाँको प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद गैरेले ३६८२ मतले पछ्याउँदै हुनुहुन्छ । उपप्रमुखमा काँग्रेसकै हेमा न्यौपानेले ४३७६ मतसहित अग्रता लिनुभएको छ । एमालेकी देवी थापाले ३७६८मत पाउनुभएको छ । मेयरको मतान्तर ९६१ र उपमेयरको मतान्तर ६०८ रहेको छ ।

अहिलेसम्म १,२,३ वडाको मतगणना सकिएको छ भने अहिले ४,५,६ वडाको मतगणना जारी छ । तिन ओटा वडामा दुईमा काँग्रेस र एउटामात्र एमालेले जितेको छ । गल्याङमा १९ हजार ८८० मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button