तपाईँ सुन्दै हुनुहुन्छः

पाँचखाल नगरपालिकाको वडा नं १३ को मतदान जेष्ठ ३ गते पुनः हुने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं १३ स्थित श्रीराम मा.वि मतदान केन्द्रमा मतदानको दिन मतदाताहरू बिच झडप हुँदा स्थगित भएको  मतदान जेष्ठ ३ गते पुनः हुने भएको छ ।

मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको थियो । आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका थिए । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको थियो ।

मतदानस्थल नै तहसनहस बनाइएको पाँचखाल नगरपालिकाको वडा नं १३ जेष्ठ ३ गते पुनः मतदान हुने जिल्ला निर्वाचन कार्यालयले आज एक सूचना जारी गर्दै निर्वाचन बारे जानकारी गराएको हो । निर्वाचनको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको लागि समय तालिका निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button