तपाईँ सुन्दै हुनुहुन्छः

अछामको कमलबजार ८ मा एमालेका बोगटी प्यानल सहित विजयी

अछाम ।.अछामको कमलबजार नगरपालिका वडा नम्बर ८ ढाँकुमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार प्रजा बहादुर बोगटी ४५२ मत ल्याई विजयी हुनुभयो ।
कुल खसेको मत ७७८ मध्ये ४५२ मतका साथ प्यानल सहित विजयी भएको निर्वाचन अधिकृत चुडाराज सापकोटाले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीन बहादुर विष्टले २५१ मत प्राप्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button