तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुर थिमिमा नेपाली काँग्रेसको अग्रता कायमै

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं.१ को १ हजार ९ सय मत गणना हुँदा नेपाली काँग्रेसले अग्रता कायम राखेको हो ।

नगर प्रमुखमा नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले ९ सय ९२ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मदन सुन्दर श्रेष्ठले ७ सय १२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले ७१३ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ६४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडाध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डङ्गोलले ८६६, नेकपा एमालेका कृष्णकुमार प्याथले ८६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button