पाँचथरको फालेलुङ गाउँपालिका–६ मा गठबन्धनका राईको प्यानल नै विजयी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ६ को वडा अध्यक्षमा गठबन्धनका अमरबिर राईसहित उहाँको प्यानल नै विजयी बनेको छ ।
नेपाली काँग्रेस फालेलुङ–६ का सभापति समेत रहनुभएका अमर कलम चिन्हबाट उम्मेदवार बन्नुभएको थियो ।
वडाध्यक्षको निकटतम प्रतिद्वन्द्वी एमालेका पनिता राईलाई ४८ मतले पछि पार्दै राई विजयी बन्नुभएको छ ।
अमरले ४ सय २३ मत प्राप्त गर्दा पनिताले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ । यस वडामा कुल १ हजार ३ सय ३६ मतदातामध्ये ८ सय ७० जनाले मतदान गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्