तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको ६ स्थानीय तहमा मतगणना सुरु

बाँके । स्थानीय तह निर्वाचन २०७९ अनुसार भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । बाँकेमा ८ वटा स्थानीय तह मध्ये अहिलेसम्म ५ वटा पालिकाको मतगणना सुरु भई प्रारम्भिक मत परिणाम आउन सुरु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको उम्मेदवार सुमन मल्लले सुरुवाती चरणमा अग्रता लिए पनि अहिले गठबन्धनका उम्मेदवार डम्मर बिक तुफानले मल्ललाई उछिन्दै अग्र स्थान लिनुभएको छ ।

खजुरा गाउँपालिकाको वडा नं १ र २ मा गणना भएको १ हजार ३० मत मध्ये गठबन्धनका अयक्ष पदका उम्मेदवार तुफान बिकले ५ सय १९ तथा एमालेका उम्मेदवार सुमन मल्लले ५११ मत पाउनुभएको छ । यस्तै गरी जानकी गाउँपालिकामा वडा नम्बर १ बाट सुरु भएको मतगणनामा २०० मत गणना गर्दा नेपाली काँग्रेसका छब्बल खाँले ७८ गठबन्धनका उम्मेदवार राजीव बर्माले ५४ मत तथा  राप्ती सोनारी गाउँपालिकामा १०० मत गणना गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवार तप्त पौडेलले ४२ नेकपाका उम्मेदवार रामदास थारुले ४० मत पाउनुभएको छ । यस्तैगरी नरैनापुरमा वडा नम्बर ६ बाट सुरु भएको मतगणना अनुसार ३०६  मत गणना गर्दा जसपाका ईस्तियाक अहमद शाहले १७५ र नेकपा एमालेकी पदमावती यादवले १६५ मत र नेपाली काँग्रेसका रामचन्द्र मौर्यले १५५ पाउनुभएको छ ।     

बैजनाथ गाउँपालिकाको वडा नं १ मा गणना भएको ४ सय मत मध्ये नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर शाहीले १ सय ६६ मत पाउँदा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले १ सय १६ तथा उपाध्यक्ष पदमा काँग्रेसको उम्मेदवार निर्मला रोकायले १ सय ५२ र एमालेको उम्मेदवार प्रेमपुर्ण योगीले १२० मत पाउनुभएको छ  । 

यस्तैगरि २३ वटा वडा रहेको नेपालगन्ज उपमहानगर पालिकामा भर्खर वडा नम्बर १ र २३ नम्बर वडाको मतगणना सुरु भएपनि मत परिणाम आउन सकेको छैन भने कोहलपुर नगरपालिकाको मतगणना केही बेरमा सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डुडुवा गाउँपालिकामा निर्वाचनमा खटिएका स्थानीय कर्मचारीहरूलाई गणना कार्यमा नखटाएर बाहिरबाट कर्मचारी खटाएर मतगणना गराउनुपर्ने भन्दै जनता समाज पार्टीका उम्मेद्धारको अडानका कारण समाचार तयार पार्ने समयसम्म मतगणना सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button