काँग्रेसद्वारा जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्व सांसदसहित पाँच जनालाई पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । नेपाली काँग्रेसले चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्व सांसदसहित पाँच जनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
काँग्रेसले पार्टीका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्व जिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा.केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरूका विरुद्ध सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा.प्रदीप पराजुलीद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्