तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा धमाधम मतदान स्थल बन्दै

भोजपुर । भोजपुरका मतदान केन्द्रहरूमा नयाँ परिचय पत्र वितरणसँगै मतदान स्थलहरू समेत धमाधम निर्माण भइरहेका छन् । 

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि बिहीबार भित्रमा परिचय पत्र वितरण र मतदान स्थल निर्माणको कार्य सक्नु पर्ने भएकोले दुवै काम भइरहेको मतदान अधिकृतहरूले जानकारी दिनुभएको छ । 

स्थानीय तहको निर्वाचनका लागि भोजपुरका अधिकांश मतदान स्थल तयार पारिएका छन् । स्थानीय तह निर्वाचनका लागि ९ वटै स्थानीय तहमा मतदान स्थल तयार हुँदै छन् भने केहीमा तयारी नै सकिएको छ । 

भोजपुर जिल्लामा ८७ वटा मतदान स्थल र १ सय ६० वटा मतदान केन्द्र तोकिएको छ । जहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक गरी ८ सय कर्मचारी परिचालन गरिएको छ भने २ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । 

मतदान स्थलमा बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत सङ्केत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । बाँकी रहेका मतदान स्थल समेत बिहीबार दिनभरिमा तयार हुने जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । 

मतदान केन्द्रहरूबाट नयाँ थपिएका मतदाताहरूको परिचय पत्र समेत वितरण भई रहेको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाको कुल मतदाता सङ्ख्या १ लाख २६ हजार ९ सय २६ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button