शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
मन्त्रालयमा आज बसेको बैठकले शैक्षिक संस्थामा दुई दिन बिदा दिँदा पढाई हुने दिन घट्न नदिन हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पनि हप्तामा दुई दिन बिदा गर्दा शुक्रवार आधा दिनको सट्टा पूरा दिनसहित पाँच दिन १० बजेदेखि ४ बजेसम्म समय कायम हुने प्रवक्ता शर्माले बताउनुभयो ।
प्रवक्ता शर्माले हिउँदे, वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा पाँच दिन गरी ५० दिन बिदा पाउने व्यवस्था रहेकोमा यी बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्