तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगद्वारा परिचयपत्र वितरणका साथै मतदाता शिक्षा प्रदान

फाइल तस्बिर

काठमाडौँ । निर्वाचन आयोगले आज र भोलि नयाँ मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा प्रदान गरिरहेको छ । 

आयोगले २१ हजार ९ सय ५५ मतदान केन्द्रमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लगायतका टोलीले नयाँ थप भएका मतदाता परिचयपत्र वितरण कार्य जारी राखेको निर्वाचन आयोगका सहसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा आज मतदान गर्ने तरिका सिकाइएको, सर्वदलीय बैठक बसेर मतदान प्रतिनिधिहरूको नामावली मागिएको लगायतका कार्य भएको सहसचिव अर्यालले बताउनुभयो । 

आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य गरे नगरेको अनुगमन जारी राखेको, सामाजिक सञ्जालमा साइबर ब्युरोले अनुगमन गरिरहेको सहसचिव अर्यालले जानकारी दिनुभयो । 

मौन अवधिमा भएका आचारसंहिता उल्लघंनलाई गम्भीरताका साथ लिँदै तहगत संयन्त्रलाई सक्रिय बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button